गृहपृष्ठ शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी

शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी

शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी 6g]nlag} t/sf/L v]tL aemfª, !) k'; M emf]tf ahf/df s[ifs k[YjL cj:yLn] nufPsf] t/sf/L afnL . lhNnfdf w]/}n] 6g]nsf] dfu ul//x]sf a]nf cj:yLn] 6g]{nlag} kmnfPsf] t/sf/L . tl:a/ M e"ld/fh lk7ftf]nL÷/f;;

एक समय गाउँको विद्यालयमा अङ्ग्रेजी शिक्षक अध्यापन गर्ने प्रकाश पैतोला अहिले तरकारी किसानको रूपमा परिचित थिए ।

शिक्षण पेशा छोडेर व्यवसायिक रूपमा तरकारी खेतीमा लाग्नुभएका उहाँले वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ निवासी पैतोला पाँच वर्षअघि विद्यालयको जागिर छोडेर तरकारी खेतीमा लागेको हो । दुई बिघाह १५ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएको छ । “कोभिड सङ्क्रमण अघिसम्म स्थानीय विद्यालयमा शिक्षण गर्थे लामो समय लकडाउन भएपछि मैले तरकारी बिक्री गर्न थाले ।” पैतोलाले भने, “सुरुवातमा ६ कठ्ठा भाडामा लिएर टमाटर मात्रै लगाए, पछि विस्तारै लहरे तरकारी विस्तार गर्दै आए ।” उहाँले सुरुवातमा तरकारी उत्पादन गर्ने किसानबाट तरकारी खरिद गरेर बजारमा बिक्री गर्ने काम गरेको थियो  । पछि उहाँलाई आफैंले खेतीमा लाग्नुपर्छ भन्ने सोच आएपछि जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गरेको हो ।

वैदेशिक रोजगारीको मोहले उनलाई पनि नछोएको होइन । त्यसका लागि सबै कागजात तयार गरेर वैदेशिक रोजगारीको तयारीसमेत गरेको थियो । तर पछि अर्काको नोकरी गर्नुभन्दा आफ्नै ठाउँमा आफँैले केही गर्नुपर्छ भन्ने लागेपछि  वैदेशिक रोजगारीमा जान छोडेर तरकारी खेती विस्तार गरे । “अर्काको ड्युउटी गर्नुभन्दा आफैले गर्नु राम्रो लाग्यो ।” उनले भने, “विदेश जादा दुःख बिरामी भएका बेला परिवारको ख्याल राख्न पाइदैन, यहाँ केही गरे परिवारसँग बस्न पाउँछु, परिवारको हेरचाँर र आम्दानी पनि हुने भयो ।” उनले अहिले दैनिक ८०० ज्याला दिनेगरी तीन जना कामदारसमेत राखेको छ । उनको जग्गामा टमाटर, करेला, काँक्रालगायतका लहरे तरकारी उत्पादन भइरहेको छ ।

सुरुवातमा टमाटर खेती गर्दा डेढ लाख लगानी लगाएका उनले त्यसपछिको कमाइ भने तरकारी खेतीको बिस्तारमै खर्च गरेको छ । “बिघाहको वार्षिक पचास हजारका दरले दुई बिघाह १५ कठ्ठा जग्गा भाडामा लिएको छु ।” उनले भने, “सबै खर्च कटाएर वार्षिक पाँच लाख जति आम्दानी हुन्छ, यसले जीवनयापन भइरहेको छ ।” उनले तरकारी खेतीबाट आएको नाफा तरकारी खेतीको विस्तारमै खर्च गरिरहेको बताए । वर्षाद्को समयमा भने तरकारी खेतीमा नोक्सानी बेहोर्नु परेको भनाइ छ । तर मेहनतका साथ काम गरे स्वदेशमै पैसा कमाउन सकिने भनाइ छ । “मेहनत गरेर तरकारी उत्पादन गर्न सके राम्रो बजार छ, यहाँबाट बजार पुग्दासम्म तरकारी बिक्री भइसक्छ ।” उनले भने, “आफ्नै देशमा पनि मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ ।”

अङ्ग्रेजी विषमा स्नातक तहसम्म अध्ययन गरेका पैतोला अहिले पनि फूर्सद्को समयमा विद्यार्थीलाई ट्युसन पढाउदै आएको छ । पैतोलाजस्ता शिक्षित युवाले कृषि व्यवसायलाई रोजगारीको माध्यम बनाउनु सकारात्मक सङ्केत हो । सरकारी निकायले यस्ता प्रयासलाई प्रोत्साहन गर्ने हो भने कृषि क्षेत्रमा थप व्यवसायीकरणमा टेवा पुग्ने छ ।

प्रकाशित समय : १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु