गृहपृष्ठ प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.५२ अंकले घटेर २६५३.८३ विन्दुमा पुगेको हो ।

त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.११ अंकले बढेर ४५९.४७ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको नै घटेको छ । २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा ३७ कम्पनीका ५ हजार ११२ कित्ता सेयर ५३ पटक खरिद बिक्री हुँदा १८ लाख २६ हजार २८८ रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित समय : ११:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु