गृहपृष्ठ एसीसी एसिया कप : शतप्रतिशत जितसहित भारत फाइनलमा
एसीसी एसिया कप : शतप्रतिशत जितसहित भारत फाइनलमा
भारत शतप्रतिशत जितसहित एसीसी एसिया कपको फाइनलमा प्रवेश गरेको छ । सुपर ४ को आफ्नो अन्तिम खेलमा भारतले बंगलादेशलाई ४१ रनले हरायो ।
बुधबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले १६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा बंगलादेश १९.३ ओभरमा १२७ रनमै समेटियो ।
बंगलादेशका सैफ हसनले ५१ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६९ रन बनाए । परवेज हसन इटनले २१ रन जोडे । अरू ब्याटरलेले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका कुलदीप यादवले तीन विकेट लिए । वरुण चक्रवर्ती र जसप्रित बुमराहले समान दुई विकेट लिए । तिलक वर्मा र अक्षर पटेलले समान एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । भारतका अभिषेक शर्माले ३७ बलमा ६ चौका र पाँच छक्कासहित सर्वाधिक ७५ रनको योगदान गरे । हार्दिक पन्ड्याले ३८, शुभमन गिलले २९ र अक्षर पटेलले अविजित १० रन बनाए ।
बंगलादेशका राशिद हुसेनले दुई विकेट लिए । तान्जिम हसन साकिब, मुस्ताफिजुर रहमान, मोहम्मद सैफुद्दिनले समान एक विकेट लिए ।
प्रकाशित समय : ११:०५ बजे


















