काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुख्यमन्त्री शाहद्वारा जनतालाई यथाशीघ्र सेवा प्रवाह गर्न निर्देशन

3.99K
shares

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनतालाई अत्यावश्यक पर्ने सेवा यथाशीघ्र प्रवाह गर्न सरोकार भएका सबैलाई निर्देशन दिएका छन ।

मुख्यमन्त्री शाहको अध्यक्षतामा आज यहाँ बसेको विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरू सम्मिलित बैठकमा उनले जनतालाई अत्यावश्यक पर्ने सेवा यथाशीघ्र प्रवाह गर्न निर्देशन दिए । धनगढीस्थित उनको निवासमा बसेको बैठकले विषयगत मन्त्रालयको प्रगति र जेनजी प्रदर्शनका क्रममा भएको भौतिक क्षतिका बारेमा समीक्षा भएको छ ।

मुख्यमन्त्री शाहले जनतालाई यथाशीघ्र अत्यावश्यक सेवा प्रवाह गर्न र खर्च कटौतीका सन्दर्भमा विषयगत मन्त्रालयको विवरण बिहीबारसम्म तयार गर्न सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिएको मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्बर बमले जानकारी दिए ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा प्रदेश कार्यालयका भौतिक संरचनामा आगजनी तथा तोडफोड भएपछि सेवा प्रवाह अवरुद्ध भएको थियो । भौतिक क्षति पश्चात् केही कार्यालयले मर्मत गरी सेवा प्रवाह गरिरहेका छन् भने केही कार्यालय अझै पनि सञ्चालनमा आउन सकेका छैनन् ।

यसअघि मुख्यमन्त्री शाहले जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट ग्रसित प्रदेशका विभिन्न मन्त्रालयसहित क्षतिग्रस्त २९ वटा कार्यालयको भौतिक संरचनाको निरीक्षण गरेका थिए।