गृहपृष्ठ दीपलको नयाँ सस्तो इलेक्ट्रिक एसयूभी नेपाल आउने

दीपलको नयाँ सस्तो इलेक्ट्रिक एसयूभी नेपाल आउने

दीपलको नयाँ सस्तो इलेक्ट्रिक एसयूभी नेपाल आउने

चांगान ग्रुप अन्तर्गतको दीपल ब्राण्डले अघिल्ला दुई एसयूभीभन्दा पनि कम मूल्यको एसयूभी नेपाल ल्याउने भएको छ ।

चीनमा नेभो क्यू–०५ नामबाट सार्वजनिक भएको एसयूभी नेपाली बजारमा भने दीपल ब्राण्डमा आउने यसको नाम के हुन्छ भन्ने प्रष्ट भएको छैन ।

सन् २०२६ को पहिलो क्वाटरसम्ममा नयाँ एसयूभी नेपाल आउने आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले जनाएको छ ।

कम्पनीले सुरुवातमा ल्याएको एस–०७ र त्यसपछि ल्याएको एस–०५ दुबै निकै चर्चित भइसकेका छन् ।

नया एसभूभीमा कम्पनीले ४०.३ किलोवाट आवर र ५१.९ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । यसको अधिकतम रेन्ज ३५० किलोमिटर हाराहारी हुनेछ । सीएलटीसीले भने क्रमशः ४०५ र ५०६ किलोमिटर रेन्ज भनेको छ ।

अन्तर्राष्ट्रिय बजारमा १२० किलोवाटको मोटरमा उपलब्ध हुने क्यू–०५ नेपाली बजारमा भने १०० किलोवाटभन्दा कम पीकपावर भएको मोटरमा उपलब्ध हुनेछ ।

प्रकाशित समय : १८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु