गृहपृष्ठ खाँदबारी नगरपालिका मातहतका कार्यालय दुई दिन बन्द रहने
खाँदबारी नगरपालिका मातहतका कार्यालय दुई दिन बन्द रहने
देशव्यापी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यहाँको खाँदबारी नगरपालिकाले मातहतका कार्यालय दुई दिनसम्म बन्द रहने जनाएको छ ।
नगरपालिकाले बुधबार प्रकाशित गरेको सूचनामा अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय तथा मातहतका निकायहरू बिहीबार र शुक्रबारसम्म बन्द रहने जनाएको छ ।
सेवाग्राहीलाई यस अवधिमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै नगरप्रमुख महेश थपलियाले संयमित र धैर्य रहन नगरवासीलाई अपिलसमेत गरेको छ । आन्दोलनका कारण उत्पन्न चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेकाले अवस्था सहज भएसँगै आइतबारदेखि सेवा दिइने उनले बताए ।
प्रकाशित समय : ०५:४७ बजे


















