गृहपृष्ठ इनड्राइभको ‘सेफ्टी फर्स्ट’ तालिम सम्पन्न, १०० भन्दा बढी चालक सहभागी
इनड्राइभको ‘सेफ्टी फर्स्ट’ तालिम सम्पन्न, १०० भन्दा बढी चालक सहभागी
ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले ‘सेफ्टी फर्स्ट’ तालिम सम्पन्न गरेको छ । यात्रु सुरक्षाप्रति आफ्नो प्रतिबद्धता अझ प्रस्ट पार्न फाइटब्याक नेपालसँगको सहकार्यमा सम्पन्न सो तालिममा १०० भन्दा बढी मोटरसाइकल र ट्याक्सी चालक सहभागी थिए ।
कार्यक्रम फाइटब्याक नेपालका संस्थापक विक्रान्त पाण्डेले सञ्चालन गरेका थिए । उनले चालकहरूलाई दैनिक जीवनमा देखापर्ने चुनौतीपूर्ण परिस्थितिलाई सामना गर्ने व्यावहारिक सीप सिकाएका थिए ।
तालिममा यात्रुलाई सम्मान र सुरक्षा प्रदान गर्ने, चालकहरुले व्यावसायिक आचरण र शिष्टाचारलाई व्यवहारमा उतार्ने, असहज वा संवेदनशील परिस्थितिमा प्रभावकारी ढङ्गले प्रतिक्रिया जनाउने जस्ता कुराहरु सिकाइएको थियो ।
उक्त तालिम इनड्राइभको सेफ्टी फर्स्ट भन्ने मूल सिद्धान्तलाई जोड दिँदै इनड्राइभलाई अझ सबल र विश्वासिलो प्लेटफर्मका रूपमा स्थापित गर्न लक्षित थियो ।
फाइटब्याकको बीएचभी नमुना प्रयोग गरी गरिएको छलफल, अभ्यास र व्यावहारिक सुरक्षा प्रशिक्षणमार्फत चालकहरूलाई प्रत्यक्ष काम लाग्ने सीप प्रदान गरिएको थियो । तालिम पूरा गर्ने चालकहरूले प्रमाणपत्रसहित “भेरिफाइड ड्राइभर ब्याज” पनि प्राप्त गरेका थिए ।
प्रकाशित समय : १४:४६ बजे


















