गृहपृष्ठ प्रभु महालक्ष्मी लाइफको क्लवएचिभर्स अवार्ड सेरेमोनीभव्य रुपमा सम्पन्न

प्रभु महालक्ष्मी लाइफको क्लवएचिभर्स अवार्ड सेरेमोनीभव्य रुपमा सम्पन्न

प्रभु महालक्ष्मी लाइफको क्लवएचिभर्स अवार्ड सेरेमोनीभव्य रुपमा सम्पन्न

प्रभु महालक्ष्मी लाइफइन्स्योरेन्स लिमिटेडको क्लवएचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ सम्पन्न भएको छ । देशैभरिबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा क्लवएचिभर्स अवार्ड सेरेमोनी २०८१/८२भव्यताका साथ सु–सम्पन्न गरेको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समिति सदस्य समशेर पराजुलीले पानसमादीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरे ।

कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी चियरम्यानक्लव, सिइयो क्लव, कर्पोेरेट क्लवहासिल गरेका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समिति सदस्यश्री समशेर पराजुलीले बीमा व्यवसायमा अब्बल रहि विभिन्न क्लवहरुमा सम्मानित भएका उत्कृष्ट अभिकर्ताहरुलाई बधाई ज्ञापन गरे ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाइले अभिकर्ताहरुको योगदानको उच्च कदर गर्दै आगामी दिनमा अझै उत्कृष्टव्यवसाय गर्न उत्प्रेरणा दिए ।

सोही कार्यक्रमको अवसर पारेर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले मेट्रिक्स फाइटनाइट (एमएफएन) २०२५ का विजेता रविन्द्र ढाँटलाई नगद १ लाख ११ हजार १ सय ११ सहित विशेष सम्मान गरिएको थियो । सम्मानीत भए पछि कार्यक्रमलाई सम्बोधन गर्दै श्री रविन्द्र ढाँटले आफ्नो संघर्ष र सफलताको कथाशेयर गरे । उनले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स परिवारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि साथरहने बताए ।

कार्यक्रममा सर्टिफाइड एनएलपी ट्रेनर एण्ड कोच मिनघलेको व्यवसायी जीवनमा व्यवहारिक बीमा बिक्रीकला सम्बन्धी उत्प्रेरणात्मक सेसन रहेको थियो । यसका साथै विभिन्न सांस्कृतिक र मनोरञ्जनात्कम कार्यक्रमले रौनकता थपिएको थियो ।

प्रकाशित समय : १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु