गृहपृष्ठ सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने
सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने
सुपर खुदी हाइड्रोपावर लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा असोज ८ गते काठमाडौँको डिल्लीबजारस्थित कम्पनीको दफ्तरमा बिहान ११ बजे आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले सभा आह्वान गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीको प्रबन्धपत्रअनुसार सर्वसाधारण शेयर निष्काशन सम्बन्धमा पूर्व निर्णयलाई निरन्तरता दिने, नियमन निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन माग भएमा कार्यान्वयन गर्न सञ्चालक समितिलाई अधिकार दिने, साथै सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने विशेष प्रस्तावहरू पारित हुनेछन्।
त्यस्तै, सभा समयमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरिनेछ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै २०८१ वैशाख ३० गते आवेदन दिएको थियो।
प्रकाशित समय : १३:१५ बजे


















