गृहपृष्ठ धितोपत्र बोर्डको इमेल ५ दिनदेखि ह्याकरको कब्जामा
धितोपत्र बोर्डको इमेल ५ दिनदेखि ह्याकरको कब्जामा
नेपाल धितोपत्र बोर्डको आधिकारिक इमेल ह्याक भएको छ । गत शनिबारदेखि ह्याक भएको इमेल अझै रिकभर हुन नसकेको बोर्ड स्रोतले जनाएको छ ।
बोर्डका सबै कर्मचारीले प्रयोग गर्ने अफिसियल इमेल सहितका इमेल आइडी ह्याक भएको ५ दिन हुँदा समेत रिकभर हुन सकेको छैन् ।
बोर्डको आधिकारिक इमेल ‘सेबोन डट जीओभी डट एनपी’ भएको कर्मचारीले प्रयोग गर्ने र बोर्डको अफिसियल इमेल ह्याक भएको हो ।
प्रकाशित समय : १२:१४ बजे


















