global ime bank Long Banner Ad

गृहपृष्ठ सीएफ मोटोका मोटरसाकलहरुमा फेस्टिभ अफर सुरू

सीएफ मोटोका मोटरसाकलहरुमा फेस्टिभ अफर सुरू

सीएफ मोटोका मोटरसाकलहरुमा फेस्टिभ अफर सुरू

सीएफ मोटोको मोटरसाइकलहरुमा फेस्टिभ अफर सुरू भएको छ । सीएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले आकर्षक सुविधा सहितको फेस्टिभ अफर ल्याएको हो ।

कम्पनीले बिक्री गर्दै आइरहेको सीएफ मोटोको मोटरसाइकल एमटी ४५०, एनके २५० र एनके ३०० मोडलमा छुट्टा छुट्टै फेस्टिभ अफर सुरू गरेको हो । यसअफर अन्तर्गत सीएफ मोटोको एनके २५० मोटरसाइकल खरिद गर्दा ३५ हजार नगद रुपैयाँ छुट र जुनसुकै ब्राण्डका मोटरसाइकल वा स्कुटर एनके २५० मोडलसँग एक्स्चेन्ज गर्दा ४५ हजारसम्मको एक्स्चेन्ज बोनस पाइने छ ।

कम्पनीले एनके ३०० मोडलको खरिदमा एमटी कम्पनीको प्रिमियम हेल्मेट र सीएफमोटोको लोगो भएको एउटा हुडी प्रदान गर्ने जानकारी दिएको छ । साथै, एमटी ४५० को खरिदमा कम्पनीले १ वर्षमा ५ वटा फ्री राइड प्लान गराउने र एउटा एमटी हेल्मेट दिने छ ।

प्रकाशित समय : १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु