आमा समूहद्वारा क्यान्सरपीडितलाई सहयोग
वि.सं.२०८२ भदौ ६ शुक्रवार १४:३८
shares

पोखरा महानगरपालिका–१७ घारीपाटनमा रहेको शुभकामना आमा समूहले क्यान्सरपीडित सदस्यलाई आर्थिक सहयोग गरेको छ ।
समूहको २३औँ वार्षिक साधारणसभा तथा हरितालिका तीजका अवसरमा आयोजित तीज विशेष कार्यक्रममा आज चार जना क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको हो । उनिहरूलाई जनही २५ हजारका दरले एक लाख सहयोग गरिएको हो ।
कार्यक्रममा समूहका ज्येष्ठ सदस्य, दश जोड दुई परीक्षा उत्तीर्ण छात्रछात्र र समूहलाई आर्थिक सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।
साधारणसभाले समूहका सचिव सिर्जना खनाल र कोषाध्यक्ष निरमाया क्षेत्रीले प्रस्तुत गरेको साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गरेको छ ।
























