काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गज्जबको पिरो अब ५० रुपैयाँमा पनि

1.58K
shares

विगत लामो समयदेखि आफ्ना विभिन्न ब्राण्डका उत्कृष्ट चाउचाउ उत्पादन मार्फत् नेपाली तथा विदेशी बजारका उपभोक्तामाझ सेवा पुर्‍याउँदै आएको सिद्धि बिनायक स्न्याक्स एण्ड नुडल्सको सर्वाधिक लोकप्रिय उत्पादनमध्ये गज्जबको पिरो चाउचाउ एक हो।

उपभोक्ताहरू बीच अत्याधिक रुचाइएको यो उत्पादन आज नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा निकै लोकप्रिय बनेको छ।

हालसम्म गज्जबको पिरो चाउचाउ २० रुपैयाँमा प्रति प्याकेट उपलब्ध हुँदै आएको थियो। उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले आजदेखि नयाँ तथा ठूलो प्याकेट, १२० ग्रामको गज्जबको पिरो चाउचाउ ५० रुपैयाँमा बजारमा उपलब्ध गराएको छ।