global ime bank Long Banner Ad

गृहपृष्ठ दश ओभरको क्रिकेट सोमबारदेखि

दश ओभरको क्रिकेट सोमबारदेखि

दश ओभरको क्रिकेट सोमबारदेखि

प्रथम आरआरए रनिङ सिल्ड दश ओभर फरम्याटको क्रिकेट प्रतियोगिता आगामी सोमबारदेखि हुने भएको छ।

रेडियन्ट रिडर्स एकेडेमी सानेपाको आयोजनामा दश ओभर फरम्याटको चारदिने प्रतियोगिता हुन लागेको हो। आयोजकको दुई टोलीसहित कुल १५ छात्र टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। आयोजक एकेडेमीका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले बिहीबार आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताका बारेमा जानकारी गराए।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। समूह ‘ए’ मा एलआरआई, डिएभी, संस्कृति र ब्लु बर्ड तथा समूह ‘बी’ मा अपी, ग्यालेक्सी, मनकामना र विश्व निकेतन छन्।

भ्याली पब्लिक, गेट्वे, मोक्षदा र रेडियन्ट ‘बी’ समूह ‘सी’ मा छन् भने बालकुञ्ज, मृगशिरा वल्र्ड स्कुल र रेडियन्ट ‘ए’ समूह ‘डी’ मा रहेका छन्। एक टोलीमा १० खेलाडी हुने र आठ जनाले खेल्न पाउनेछन्। विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउनेछन्। प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रूपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

प्रतियोगिताका खेलहरू आयोजक एकेडेमीको सानेपामै रहेको रेडियन्ट क्रिकेट एकेडेमीमा खेलाइनेछ। संस्थापक प्रिन्सिपल ढुंगानाले विद्यार्थीलाई खेलकुदको माध्यमबाट पनि अगाडि बढाउन रेडियन्टले खेलकुदको विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए।

प्रकाशित समय : १०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु