गृहपृष्ठ सामाजिक सुरक्षा कोषले चार प्रतिशत ब्याज दिने, ६.५ प्रतिशत लिने

सामाजिक सुरक्षा कोषले चार प्रतिशत ब्याज दिने, ६.५ प्रतिशत लिने

सामाजिक सुरक्षा कोषले चार प्रतिशत ब्याज दिने, ६.५ प्रतिशत लिने

काठमाडौं । सामाजिक सुरक्षा कोषले चालु आर्थिक वर्ष ०८२/८३ का लागि ब्याजदर सार्वजनिक गरेको छ ।

कोष सञ्चालक समितिले साउन १ गतेदेखि लागु हुनेगरी योगदानकर्ता वृद्धावस्था सुरक्षा योजनामा जम्मा हुने रकममा चार प्रतिशत ब्याज दिने निर्णय गरेको हो ।

योगदानकर्तालाई दिइँदै आएको विशेष सापटीमा ५.६० प्रतिशत र धितोमा आधारित घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटीमा ६.५० प्रतिशत ब्याज उपलब्ध गराइने निर्णय गरिएको छ । धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेको खण्डमा कोषले थप एक प्रतिशत जरिबाना ब्याज लिनेछ ।

कोषले गत आर्थिक वर्ष ०८१/८२ मा २३ लाख ७९ हजार ५८५ योगदानकर्तालाई दुई अर्ब ८४ करोड ४२ लाख २८ हजार रुपैयाँ ब्याज बापतको रकम वितरण गरेको थियो ।

योगदानकर्ताको कोषले आर्थिक वर्ष ०८१/८२ मा जम्मा भएको योगदान रकममा ०८१ चैत ४ गतेसम्म ५.५ प्रतिशत र चैत्र ५ देखि पाँच प्रतिशत ब्याजदर दिने निर्णय गरेको थियो ।

यो वर्ष भने कोषले दिने ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएसँगै कोषले योगदनकर्तालाई दिने ब्याजदर पनि घटेको हो । हाल कोषले योगदानकर्ताबाट संकलन गरेको अधिकांश रकम मद्दतीमा राखेको छ ।

योगदानकर्ता वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकममा कोषले दिने ब्याज रकम झिक्न मिल्दैन । ५८ वर्ष पुगेका योगदानकर्ताले निवृत्तिभरण कोषबाट पेन्सन पाउनेछन् । यदि १८० महिनाभन्दा कम योगदान गरेको छ भने उसले पेन्सन वा सम्पूर्ण पैसा झिक्ने, छनोट गर्न पाउनेछ ।

प्रकाशित समय : २०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु