गृहपृष्ठ जुनसुकै बेला जे पनिहुनसक्छ भन्ने मानसिकताका साथ कामगर्नुपर्छ: गृहमन्त्री

जुनसुकै बेला जे पनिहुनसक्छ भन्ने मानसिकताका साथ कामगर्नुपर्छ: गृहमन्त्री

जुनसुकै बेला जे पनिहुनसक्छ भन्ने मानसिकताका साथ कामगर्नुपर्छ: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल अत्यन्तै जोखिमपूर्ण भूगोलमा अवस्थित रहेको भन्दै जुनसुकै बेला जे पनिहुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तयारी गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित‘विपद् संवाद कार्यक्रम’मा बोल्दै गृहमन्त्री लेखकले नेपालमा भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागी, हिमपात र लुजस्ता प्राकृतिक प्रकोपहरू बारम्बार दोहोरिने उल्लेख गरेकाहुन् ।

उनले भने, ‘हामी जोखिम युक्त भूगोलमा छौं । जुनसुकै बेला जे पनिहुन सक्छ भन्ने मानसिकता राखेर काम ग-यौं भने ठिक ठाउँमा पुग्न सक्छौं ।’ गृहमन्त्रीले जलवायु परिवर्तनका असरले पनि मुलुक थप जोखिममा परेको बताए। उनले भने, ‘अब त देश भित्रभारी वर्षा नपरे पनि बाहिरी देशमा हिमताल फुट्यो भने पनि हामी कहाँ बाढी आउन थालिसक्यो । सूचना आदान प्रदानको प्रणाली प्रभावकारी नभएकै कारण बाढी आएपछि मात्र थाहा हुने स्थितिछ ।’

उनले हालैको उदाहरण दिँदै भने, ‘एउटै समय मधेसमा पानीको हाहाकार छ भने, उता रसुवामा बाढी आएको छ। यस्ता विपद् सामना गर्न पूर्वतयारी, सूचनाको तिब्रतार समन्वय अत्यावश्यक भइसकेको छ ।’

कार्यक्रममा उपस्थित विज्ञ र सरोकारवालाहरूले विपद् व्यवस्थापनमा प्रविधिको प्रयोग, शीघ्र सूचना प्रणालीको विकास र स्थानीयतहको भूमिकालाई सशक्त बनाउ नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित समय : १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु