गृहपृष्ठ ओलीसँग छलफलको लागि बालुवाटार पुगे देउवा
ओलीसँग छलफलको लागि बालुवाटार पुगे देउवा
प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।
समसामयिक राजनीति, सरकारका मन्त्रीको कार्यसम्पादन, हेरफेरसहितका विषयमा छलफल गर्न देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री ओली बालुवाटारमै स्टार्टअपसम्बन्धी एउटा कार्यक्रममा सहभागी भइरहेका छन् । पछिल्लो समय केही मन्त्री विवादित बनेको र केहीको कार्यसम्पादन चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्ने तयारी गरेका छन् ।
सरकार गठनको एक वर्ष पुगेको असार मसान्तदेखि नै प्रधानमन्त्रीले केही मन्त्री हेरफेर गर्ने गरी संवाद गरेका थिए । यस अघि गृहमन्त्री रमेश लेखकसँग ओलीले पटकपटक छलफल गरेका थिए ।
प्रकाशित समय : १२:२५ बजे


















