गृहपृष्ठ पोखरामा प्रोटोनको आधिकारिक शोरुम उद्घाटन
पोखरामा प्रोटोनको आधिकारिक शोरुम उद्घाटन
प्रोटोन नेपालले देशभर विद्युतीय गतिशीलतालाई तीव्र पार्ने ब्रान्डको अभियानमा महत्वपूर्ण कोशेढुङ्गाको रुपमा पर्यटकीय शहर पोखरामा आधिकारिक रूपमा शोरुम खोलेको छ ।
पोखराको बुद्ध चोकमा खोलिएको नयाँ शोरुमले ग्राहकहरूलाई प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन इमास ७ को प्रत्यक्ष अनुभव प्रदान गर्ने छ । काठमाडौंमा सफल सुरुवात पछि, पोखरा खोलिएको शोरुम, २०२५ सम्ममा राष्ट्रव्यापी विद्युतीय सवारी साधन नेटवर्क स्थापना गर्ने प्रोटोनको फराकिलो योजनाको महत्वपूर्ण हिस्सा हो ।
यस अवसरमा प्रोटोनले सम्भावित ग्राहकहरूको लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, र सजिलो फाइनान्स र सरकारी अनुदान विकल्पहरूमा बारे पनि सहजीकरण गरेको छ ।
बिक्रीपछिको सेल्स सपोर्टलाई अझ विश्वासिलो बनाउन, नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकहरूलाई विश्वस्तरीय सेवा सुनिश्चित गर्दै पोखरा भित्र तेस्रो सर्भिस सेन्टरको स्थापना गरेको छ ।
शोरुमको उद्घाटन प्रमुख अतिथि वेस्टर्न अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण श्रेष्ठले गरेका थिए र कार्यक्रममा वडाको कार्यकारी समिति, एफएनसीसीआईको कार्यकारी समिति, होटल एसोसिएसन नेपाल–पोखरा च्याप्टर, एनवाईईएफका कार्यकारीहरू र मिडियाका सदस्यहरू जस्ता प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।
प्रकाशित समय : १२:३० बजे



















