global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २.९२ अर्ब लगानी गर्दै

राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २.९२ अर्ब लगानी गर्दै

राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २.९२ अर्ब लगानी गर्दै

२ अर्ब ९२ करोड रुपैयाँ बढी नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।

विभिन्न कोषमा रहेको २ अर्ब ९२ करोड ६३ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा केन्द्रीय बैंकले लगानी गर्न लागिएको हो। यसका लागि साउन १४ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ३४ करोड ४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४३ करोड ८७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १४ करोड ६२ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२५ अगस्ट ११ देखि २०२६ अगस्ट ११ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

 

प्रकाशित समय : १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु