global ime bank Long Banner Ad

गृहपृष्ठ सुजुकीको ‘जिक्सर १५५’ मोटरसाइकल किन्दा छुट पाइने

सुजुकीको ‘जिक्सर १५५’ मोटरसाइकल किन्दा छुट पाइने

सुजुकीको ‘जिक्सर १५५’ मोटरसाइकल किन्दा छुट पाइने

सुजुकीको जिक्सर १५५ मोटरसाइकल खरिद गर्दा नगद छुट पाइने भएको छ ।

नेपालका लागि सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले जिक्सर १५५ खरिदमा ५४ हजार रुपैयाँ छुट दिने योजना ल्याएको हो ।

कम्पनीले आफूसँग स्टक रहेको मोटरसाइकल बिकाउन आकर्षक अफर ल्याएको हो । कम्पनीका अनुसार यो छुट अफर २०२३ मोडलको जिक्सर १५५ मोटरसाइकलमा मात्रै लागू हुनेछ ।

हाल नेपाली बजारमा जिक्सर १५५ मोटरसाइकलको मूल्य ३ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । ५४ हजार छुटपछि ३ लाख ३५ हजार ९०० रुपैयाँमै खरिद गर्न सकिने छ ।

साथै, मोटरसाइकल खरिद गर्ने ग्राहकले जिक्सर १५५ मा ५ वर्ष वारेन्टी र १२ वटासम्म सर्भिस पनि फ्रीमा पाउने छन् ।

यो छुट अफर सुजुकीको सम्पूर्ण आधिकारिक शोरुमहरूमा सीमित अवधिसम्म मात्रै पाइने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु