गृहपृष्ठ नारी सञ्चारगृह झापाको अध्यक्षमा आचार्य
नारी सञ्चारगृह झापाको अध्यक्षमा आचार्य
झापाली महिला सञ्चारकर्मीको साझा संस्था नारी सञ्चारगृहको अध्यक्षमा स्वस्तिका आचार्य सर्वसम्मत रूपमा चयन भएकी छन । बिर्तामोडमा आज सम्पन्न संस्थाको पाँचौँ अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा जोत्सना श्रेष्ठ, सचिवमा दिपा सापकोटा, सहसचिवमा टीका पोखरेल र कोषाध्यक्षमा सुनिरा मैनाली चयन भएकी छन । यस्तै सदस्यमा विनिशा शर्मा गौतम, किरण हुमागाईं, इशा प्रधान, सञ्जु शिवाकोटी, चन्द्रा भट्टराई, रमा दाहाल, सिर्जना परियार र रञ्जिता खड्का चयन भएकी छन । संस्थाले महिला पत्रकारको क्षमता अभिवृद्धि, हकहित र पहिचान प्रवद्र्धनको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।
यसैबीच नारी सञ्चार गृहले २०७५ सालमा स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’मा हालसम्म ५१ लाख ५१ हजार सङ्कलन गरेको छ । तत्कालीन अध्यक्ष अम्बिका भण्डारीको नेतृत्वमा स्थापना गरिएको उक्त कोष महिला पत्रकारको स्वास्थ्योपचार, लेखनवृत्ति तथा प्रोत्साहनका लागि खर्च गरिँदै आएको छ ।
नारी सञ्चार गृहले आगामी दिनमा महिला पत्रकारको सामाजिक सुरक्षा, नीति निर्माणमा पहुँच र ग्रामीण भेगका महिलालाई सञ्चार पहुँचमा ल्याउने अभियानलाई प्राथमिकतामा राख्ने नयाँ अध्यक्ष आचार्यले बताइन । संस्थाले सञ्चार क्षेत्रमा कार्यरत महिलाको एकजुटता, दक्षता र नेतृत्व विकासमा सकारात्मक प्रभाव पार्दै गएको स्थानीय सञ्चारकर्मीले बताएका छन् ।
प्रकाशित समय : १९:५२ बजे



















