global ime bank Long Banner Ad

गृहपृष्ठ ‘निर्वाहमुखी कृषिबाट व्यावसायिक नगदेबालीतर्फ उन्मुख हुनुपर्छ’

‘निर्वाहमुखी कृषिबाट व्यावसायिक नगदेबालीतर्फ उन्मुख हुनुपर्छ’

‘निर्वाहमुखी कृषिबाट व्यावसायिक नगदेबालीतर्फ उन्मुख हुनुपर्छ’

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले स्थानीय तहमा निर्वाहमुखी कृषि प्रणालीलाई क्रमशः घटाउँदै व्यावसायिक नगदेबाली उत्पादनमा उन्मुख हुनुपर्ने बताएका छन ।

आज धरान उपमहानगरपालिका–२० स्थित कफी तथा कृषि उद्यम केन्द्रको अनुगमन एवं अवलोकनका क्रममा उनले प्रदेशमा उत्पादित कृषिजन्य वस्तुलाई अन्तरराष्ट्रिय बजारमा पु-याउन सकिने सम्भावना रहेको धारणा राखे।

प्रदेश प्रमुख खापुङले कफीको ब्राण्डिङ र लक्षित प्रचारप्रसारमार्फत अन्तरराष्ट्रिय बजारमा समेत नेपालको कफी स्थापित गर्न सकिने उल्लेख गर्दै किसानसँग सहकार्य गरी स्थानीय माटो, हावापानी र मौसम अनुकूल नगदेबाली उत्पादनमा लाग्न सके यसले दिगो आयआर्जन र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए ।

प्रदेशमा कृषि क्षेत्रमा आधारित व्यावसायिक उत्पादन विस्तार गरी व्यापार घाटा कम गर्ने दिशामा सबैले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए। कृषि उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा पु-याउन सके व्यापार घाटासमेत घटाउन सकिने उनले बताए । प्रदेश प्रमुख खापुङले कफीसँगै चियामा पनि विशेष सम्भावना रहेको भन्दै कफी र चिया दुवैको प्रवद्र्धनमा ध्यान दिन आवश्यक रहेको बताए ।

बजेट वितरण गर्ने जिम्मेवारीमा आफू नरहे पनि आवश्यक सरकारी पहल र सहयोगका लागि व्यक्तिगत रूपमा सधैँ तयार रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

प्रकाशित समय : १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु