global ime bank Long Banner Ad

गृहपृष्ठ पालिकाको गान र लोगो डिजाइनर पुनलाई ५० हजार पुरस्कारसहित सम्मान

पालिकाको गान र लोगो डिजाइनर पुनलाई ५० हजार पुरस्कारसहित सम्मान

पालिकाको गान र लोगो डिजाइनर पुनलाई ५० हजार पुरस्कारसहित सम्मान

लोघेकर दामोदरकुण्ड गाउँपालिकाले आफ्नो पालिकाको गान र लोगो डिजाइनरलाई ५० हजार पुरस्कारसहित प्रमाणपत्रद्वारा सम्मान गरेको छ । गाउँपालिकाको २०औँ गाउँसभा अधिवेशनमा गान तथा लोगो डिजाइनर चितवन माडीका शोभा पुनलाई नगदसहित गाउँपालिकाले सम्मान गरेको हो ।

गाउँपालिकाको भौगोलिक, ऐतिहासिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक, जैविक र राष्ट्र राष्ट्रियताको विषय वस्तुलाई गानमा समेट्दै सर्जक पुनले पालिका गान र लोगो डिजाइन गरेका हुन । गाउँपालिकाले प्रशासनिक कामकाजमा नेपालको लोगोसहित आफ्नो व्यक्तिगत पालिकाको लोगो प्रयोजनका लागि निर्माण गरिएको हो ।

पालिकाका लागि निर्माण गरिएको लोागोमा नेपालको राष्ट्रिय झण्डा, हिमाल, दामोदरकुण्ड, कालीगण्डकी नदी, आठौं शताब्दीमा निर्माण भएको लोघेकर (घर) गुम्बा, गाउँपालिकाको नक्शा, ऐतिहासिक छोर्तेन, शालिग्राम शीला, याक स्थानीय भाषामा गाउँपालिकाको नाम र लोगोको रिबनमा गाउँपालिकाको नेपालीमा नाम समेटिएको छ ।

यसैगरी पुनले रचना गरेको पालिकाको गानमा मन्दिरको पहाड, गुफा, गाउँपालिका, गुम्बाप्रतिका आस्था, बौद्ध धर्मको महत्व, स्थानीय परम्परागत यार्तुङ र ल्होसार पर्व तथा पालिकाका नागरिकबीचको एकता भावलाई जोड्न खोजिएको छ ।

उनले गानमा उपल्लो मुस्ताङमा बस्ने लोछोदिन अर्थात् लोवा समुदायको भाषा संस्कृति र वेषभूसा रहनसहन मुस्ताङको जातीय पहिचान रहेको प्रष्ट्याएकन छन । यहाँको कालीगण्डकी नदी शालिग्राम उत्पत्ति भएका स्थानमा पर्यटक आतिथ्यता अतिथिदेव भवलाई आर्थिक विकासको गान भाकामा समेटिएको छ । गुम्बा यहाँको सांस्कृतिक पहिचान भएको र यहाँका भाषीको जय जयकार गर्दै दामोदरकुण्डको शरणमा पर्ने तथा बुद्ध भगवानलाई यहाँको सामिप्यताको रक्षा गर शब्दसहित बुद्ध धर्मप्रतिको आस्था र विश्वासलाई गानसँग जोडिएको छ ।

गाउँपालिकाको मङ्गलबार आयोजित गाउँसभामा पुनद्वारा तयार गरिएको पालिकाको लोगो र गानको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट, उपाध्यक्ष छिरिङ ल्हामो गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सरोज उपाध्यायले संयुक्त रूपमा विमोचन गरेका हुन । विमोचित पालिका गान रेकर्डिङको तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिए।

प्रकाशित समय : १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु