global ime bank Long Banner Ad

गृहपृष्ठ वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

वीरगञ्ज महानगर–२२ स्थित ड्राइपोर्ट सडकस्थित सीताराम चोकमा आज विहान ५ बजे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सिर्सियाबाट ड्राईपोर्टतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।

“बिग्रिएर सडकमै रोकिएको ट्रकसँगको ठक्करमा मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ भने एक जनाको उपचार भइरहेको छ”, उनले भने । सो दुर्घटना शुक्रबार विहान ५ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैया टोलका २३ वर्षे रामाकान्त यादव र सोही ठाउँका विजय यादव छन् भने सोही ठाउँका २२ वर्षे विजयकुमार यादवको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

प्रकाशित समय : १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु