global ime bank Long Banner Ad

गृहपृष्ठ हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, शेयर बिक्री प्रक्रिया सुरु

हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, शेयर बिक्री प्रक्रिया सुरु

हिमालयन बैंकबाट पाकिस्तानी बैंक हबिब बाहिरिँदै, शेयर बिक्री प्रक्रिया सुरु

हिमालयन बैंकको स्वामित्वबाट पाकिस्तानी बैंक हबिब बाहिरिन लागेको छ । हबिबले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइदिन पत्राचार गरेसँगै हिमालयन बैंकले संस्थापक शेयर बिक्री प्रक्रिया सुरु गरेको छ ।

हबिब बैंकको स्वामित्व हिमालयन बैंकमा २ करोड ८० लाख १२ हजार ४४७ दशमलव ४५ कित्ता शेयर छ । उक्त शेयरलाई ११२.८० रुपैयाँमा न्यूनतम मूल्य कायम राखेर बिक्री गर्न प्रस्ताव गरेको छ । यस अनुसार हबिबले कम्तीमा ३ अर्ब १५ करोड ९८ लाख रुपैयाँमा बिक्री हुनेछ ।

बैंकले अहिले उक्त शेयर बैंकका संस्थापक शेयरधनीले किन्न पाउनेगरी खुला गरेको छ । राष्ट्र बैंकको निर्देशनले संस्थापक शेयरमध्येबाट खरिद नगरेको अवस्थामा मात्रै संस्थापक बाहिरबाट शेयर खरिद गर्नसक्ने व्यवस्था छ ।

प्रकाशित समय : ११:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु