global ime bank Long Banner Ad

गृहपृष्ठ विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री रुपाणीको मृत्यु

विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री रुपाणीको मृत्यु

विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री रुपाणीको मृत्यु

लण्डनतर्फ उडेको एयर इन्डियाको विमान अहमदाबाद विमानस्थलबाट उडेको केही समयमै दुर्घटनामा पर्दा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ। केन्द्रीय मन्त्री सीआर पाटिलले पूर्व मुख्यमन्त्रीको मृत्युको पुष्टि गरेका छन्।

रुपाणी लण्डन जाँदै गरेको एयर इन्डियाको आई१७१ फ्लाइटमा सवार २४२ जना यात्रुमध्ये एक थिए। यो विमान उडेपछि केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो। उनी विमान दुर्घटनामा ज्यान गुमाउने गुजरातका दोस्रो मुख्यमन्त्री बनेका छन्।

विजय रुपाणीले सन् २०१६ को अगस्टमा आनन्दीबेन पटेलको आकस्मिक राजीनामापछि गुजरातको मुख्यमन्त्रीको रूपमा पदभार सम्हालेका थिए। उनले सन् २०२१ मा पदबाट राजीनामा दिएपछि भूपेन्द्र पटेल गुजरातका १७ औँ मुख्यमन्त्री बनेका थिए।

गृहमन्त्री अमित शाहका नजिकका विश्वासपात्रका रूपमा चिनिएका रुपाणी पहिलोपटक राजकोट पश्चिम क्षेत्रबाट सांसद निर्वाचित भएका थिए । त्यसबेला उनी भाजपाका राज्य अध्यक्ष तथा एक मन्त्री थिए । केन्द्रिय नेतृत्वले उनलाई आनन्दीबेन पटेलको उत्तराधिकारीको रूपमा चयन गरेको थियो।

प्रकाशित समय : २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु