global ime bank Long Banner Ad

गृहपृष्ठ गण्डकी कोटिहोममा कथा बाचकपछि चर्चामा छन् दुई उदघोषक

गण्डकी कोटिहोममा कथा बाचकपछि चर्चामा छन् दुई उदघोषक

गण्डकी कोटिहोममा कथा बाचकपछि चर्चामा छन् दुई उदघोषक

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उपस्थित भक्तजनलाई उद्घोषकले मन्त्रमुग्ध बनाउने गरेको छ । जति पनि भक्तजन कोटिहोम दर्शन गर्न आउँछन् सबैले खुलेरै तारिफ गर्ने दुई नाम छ कोष भारद्वाज र दीप काफ्ले । हुन पनि यी दुई भाइको कार्यक्रम सञ्चालन गर्ने क्षमता अद्भुत छ जसका कारण भक्तजन आनन्दित हुने गरेका छन् । उनीहरू कार्यक्रम उदघा्षणसँगै कोटिहोममा आउने सबै उमेर समूहका भक्तजनसँग घुलमिल हुने क्षमता पनि उत्तिकै छ र त भक्तजनको माया पाएका छन् ।

कोटिहोममा यी दुई भाइले लगातार कार्यक्रम उदघोषण गरिरहेका छन् । बिहानको समयमा दीप काफ्ले र मध्यान्हको समय पछि कोष भारद्वाज । लगातार कार्यक्रम उदघोषण गर्दैगर्दा पनि उनीहरूको स्वरमा कुनै समस्या छैन ।

उनीहरूको स्वर जब कोटिहोममा गुञ्जायमान हुन थाल्छ तब पोखरामा जारी कोटिहोमले थप रौनकता पाउँछ । कोटिहोम दर्शन गर्न आउने भक्तजन दुई जनाको उदघोषणगर्ने शैलीको खुलेर तारिफ गर्ने गरेका छन् ।

सल्यान जिल्लाको साबिक काल्चे गाविस हात्तिदमारमा जन्म भई हाल बाँके जिल्लाको कोहलपुर नगरपालिका वाड न १३ मा स्थायी बसोबास गरी उदघोषणकलालाई जीवनको मेरुदण्ड बनाइएका सु–प्रसिद्ध उदघोषक कोष भारद्वाज अध्यात्म क्षेत्रको एक सशक्त र कर्मनिष्ठ नामको रूपमा आफूलाई परिचित गराएका छन् ।

२०६८ सालबाट रेडियो कोहलपुर एफएमबाट उदघोषणसुरु गरेका भारद्वाज विभिन्न अद्यौगिक व्यापार मेला, धार्मिक तथा शैक्षिक महोत्सवमा कार्यक्रम सञ्चालन गरी आफूलाई अब्बल बनाएका छन् । उनको जादुमय वाक्पटुताले सबैको मन छोएको छ ।

भारद्वाजले वैदिक सनातन धर्म जागरणमा महत्त्वपूर्ण योगदान पुर¥याउदै आएका छन् । उनको वाकपटुताले योगदानको कदर गर्दे धेरै धार्मिक तथा अन्य संघ संस्थाबाट सम्मान पाइसकेका छन् ।

भारद्वाजको विहीबार (आज) जन्म दिन पनि रहेको छ । उनलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले माला लगाई जन्मदिनको शुभकामना दिएका थिए ।

यस्तै नवलपुरको कावासोती नगरपालिका –६ मा धार्मिक सामाजिक परिवेशमा जन्मे हुर्केका दीप काफ्लेको साङ्गीतिक यात्रा भजनबाट नै प्रारम्भ भएको हो । गाउँ घरमा भजन गाउने र अभिनय गर्ने विभिन्न प्रतियोगितामा सहभागी भएर धेरै ठाउँमा विजेता समेत भए ।

बिस्तारै भजनमा हिंड्न थाले जसले गर्दा अखण्ड भजन लोक चुड्का गाउँदै उनले आफूलाई सशक्त बनाउँदै लगे । यसैको फलस्वरूप उनी अहिले सफल उद्घोषकको उपमा पाएका छन् ।

आफूलाई साङ्गीतिक क्षेत्रमा पनि अगाडि बढाइरहेका उनी गाउँको दुर्गा मन्दिरमा हरेक वर्ष हुने भागवतमा होस वा दसैँको बेला हुने देखाइने देवी लीलाका झाँकीमा सहभागिता रहन्छ । गाउँमा बुढा पाकाले भजन गाउने अनि झाँकी लीला देखाउने कार्यमा पनि दीप सरिक हुन्छन् । जसका कारण उनी सबैको लोकप्रिय बन्दै गएका छन् ।

ठूलठूला धार्मिक महोत्सवमा भागवत, धनधान्यान्चलमा गायन अभिनय, कार्यक्रम सञ्चालन गर्दै देशका धेरै जिल्लासँग प्रत्यक्ष साक्षात्कार गर्ने उनले अवसर पाएका छन् । उनी हार्मोनियम, मादल, खैजेडी, मजुरा जस्ता बाध्य बाजन बजाउन माहिर छन् ।

भजन गाउँदा गाउँदै उनको रुचि मोडलिङतर्फ मोडियो र उनै दीपले एक दर्जन जति म्युजिक भिडियो समेत गरेका छन् । अग्लो उचाइ, मुहारमा झ्वाम्म दारीमा देखिने दीप शालीनता र आफ्नो मुस्कानसहितको प्रस्तुतिमा जब पोखरको कोटिहोममा आधे आधे होइन के आम राधे राधे भन्दै गर्दा कोटिहममा सहभागी भक्तजन जोडले भन्छन् राधे राधे । कलाकारितासँगै विभिन्न सामाजिक कार्यमा समेत सहभागी हुने गरेका दीप धेरै ठाउँमा सम्मान पाइसकेका छन् ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले पनि यी दुई भाइलाई खुलेरै तारिफ गर्ने गरेका छन् । दुई महिना लामो उद्घोषणको जिम्मा लिएका यी दुई भाइको चर्चा चलेको छ ।

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु