गृहपृष्ठ नेपाली फुटबलको कीर्तिमानी हार
नेपाली फुटबलको कीर्तिमानी हार

नेपाली फुटबलको अधोगति कायमै रहेको छ । नेपालले अहिलेसम्म हार नबेहोरेको टिम लाओससँग पराजय भोगेसँगै उसको अधोगतिको श्रृंखला कायमै रहेको हो ।
न्यु लाओस नेसनल स्टेडियममा मंगलबार बेलुकी सम्पन्न एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा लाओसले नेपालमाथि २–१ को ऐतिहासिक जित निकालेको हो । घरेलु मैदानमा लाओसलाई जित दिलाउन दामोथ थोङ्खामसभतले १३ औँ मिनेटमा र पिटर फान्थाभोन्गले ५० मिनेटमा गोल गरेका हुन् ।
२–० ले पछि परेको अवस्थामा नेपालका लागि मनिष डाँगीले ७३ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।
नेपालले चिरपरिचित प्यारो प्रतिद्धन्द्धीसँग हार बेहोरेसँगै यसको स्थिति कति खस्केको छ भन्ने स्पष्टै हुन्छ ।
प्रकाशित समय : २०:१९ बजे