गृहपृष्ठ स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाऔः सांसद् पौडेल
स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाऔः सांसद् पौडेल

राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको विषयलाई दृष्टिगत गरी सीमावर्ती नाकाहरूमा स्वास्थ्य परीक्षण र निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय सभाको बैठकमा सांसद् पौडेलले सीमा आवागमन सहज र सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । पौडेलले भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको र गएका ९ दिनमा ३ हजार ४ सय २३ नयाँ संक्रमित थपिएका र ५८ जनाको मृत्यु भसकेको तथ्य प्रस्तुत गरे ।
उनले नेपालबाट हजारौंको संख्यामा नेपाली दिदीबहिनी तथा दाजुभाइहरू रोजगारीका लागि भारत जाने र भारतबाट पनि रोजगारीका लागि ठूलो संख्यामा नेपाल आउने गरेको तथ्यलाई दृष्टिगत गरी सरकारले परीक्षण केन्द्रहरू, क्वारेन्टाइन व्यवस्था र स्वास्थ्य सचेतना अभियानलाई विस्तार गर्नुपर्ने बताए ।
‘भारतबाट नेपाल फर्कने नेपाली नागरिकका लागि निःशुल्क परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउनुपर्छ । विगतको कमी कमजोरीबाट पाठ सिक्दै कोरोनाले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी रोकथामका लागि पूर्वतयारी, योजना र रणनीति तुरून्त कार्यान्वयनमा ल्याउन आवश्यक सम्पूर्ण व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकृष्ट गर्न चाहन्छु,’ पौडेलले भने ।
प्रकाशित समय : २०:०० बजे