global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालविरुद्धको खेलमा लाओसको अग्रता

नेपालविरुद्धको खेलमा लाओसको अग्रता

नेपालविरुद्धको खेलमा लाओसको अग्रता

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो नेपालविरुद्धको खेलमा घरेलु टोली लाओसले पहिलो अग्रता लिएको छ ।

लाओसको राष्ट्रिय रङ्गशालामा अहिले भइरहेको खेलको मध्यान्तरसम्म लाओसले नेपाललाई १–० गोलअन्तरले पछाडि पारेको हो । लाओसले खेलको १३औँ मिनेटमा अग्रता लियो । उनका लागि दामोथ थोङखामसाथले गोल गरे । छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग २–० गोलअन्तरले पराजित भएको थियो ।

तेस्रो चरणमा नेपालको समूहमा भियतनाम, मलेसिया र लाओससँग छन् । होम एन्ड अवे पद्धतिमा हुने उक्त प्रतिोगितामा समूहको शीर्ष स्थानमा रहने टोलीले सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा सहभागिता जनाउनेछ ।

प्रकाशित समय : १९:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु