गृहपृष्ठ नेपालविरुद्धको खेलमा लाओसको अग्रता
नेपालविरुद्धको खेलमा लाओसको अग्रता

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो नेपालविरुद्धको खेलमा घरेलु टोली लाओसले पहिलो अग्रता लिएको छ ।
लाओसको राष्ट्रिय रङ्गशालामा अहिले भइरहेको खेलको मध्यान्तरसम्म लाओसले नेपाललाई १–० गोलअन्तरले पछाडि पारेको हो । लाओसले खेलको १३औँ मिनेटमा अग्रता लियो । उनका लागि दामोथ थोङखामसाथले गोल गरे । छनोट प्रतियोगिताको समूह ‘एफ’मा रहेको नेपालले आफ्नो पहिलो खेलमा मलेसियासँग २–० गोलअन्तरले पराजित भएको थियो ।
तेस्रो चरणमा नेपालको समूहमा भियतनाम, मलेसिया र लाओससँग छन् । होम एन्ड अवे पद्धतिमा हुने उक्त प्रतिोगितामा समूहको शीर्ष स्थानमा रहने टोलीले सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कपमा सहभागिता जनाउनेछ ।
प्रकाशित समय : १९:२२ बजे