गृहपृष्ठ मन्त्री र कर्मचारीलाई योगाभ्यास प्रशिक्षण
मन्त्री र कर्मचारीलाई योगाभ्यास प्रशिक्षण

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानको सहकार्यमा आज मन्त्री, सचिव, सहसचिवहरू र कर्मचारीमाझ योगाभ्यास प्रशिक्षण प्रदान गरिएको छ ।
सार्वजनिक प्रसारण रेडियो नेपालको सभाहलमा गरिएको योगाभ्यासमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिवहरू र कर्मचारीहरूले योग सिकेका छन । कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एपी भानु शर्माले विभिन्न योग आशन प्रशिक्षण दिए ।
साथै उनले मानव जीवनलाई सरल, सहज, निरोगी, शान्त र समृद्धितर्फ उन्मुख हुन योग अनिवार्य अभ्यास गर्नुपर्ने सुझाव दिएका थिए । उनका अनुसार सरकारले नागरिकलाई योगी जीवनशैलीको विकास गराउन नीतिगत व्यवस्थामा ख्याल गर्नुपर्ने बताए । जसले योग गर्छ उसले लामो समय जीवनयापन गर्छ भन्ने सन्देशसँगै योग गुरु शर्माले आध्यात्मिक जीवनतर्फ प्रेरित गरे ।
मन्त्री गुरुङले आफूलाई चीन्न सके धेरै सफलता हात पार्न सकिने धारणा राख्दै कुसल नागरिक बन्न योग र ध्यानले आन्तरिक रूपमा सघाउ पुर्याउने बताए ।
सञ्चारसचिव राधिका अर्यालले कर्मचारीहरूप्रति केन्द्रित हुँदै शान्त, अनुशासित र जिम्मेवार कार्यसम्पादनमा जीवनशैली प्रेरित गर्नुपर्ने बताइन। यसको लागि आफ्नो दैनिकीलाई जति सक्दो शान्त र स्वस्थ्य हुनु आवश्यक रहेको सुनाउँदै सचिव अर्यालले योगाभ्यास कार्यक्रमलाई मन्त्रालयले महत्त्व दिएको बताइन।
प्रकाशित समय : १८:४३ बजे