global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सय रन कटाउँदा नेपालले ४ विकेट गुमायो

सय रन कटाउँदा नेपालले ४ विकेट गुमायो

सय रन कटाउँदा नेपालले ४ विकेट गुमायो

स्कटल्यान्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबार नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै १०० रन पूरा गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभर खेलिसकेको अवस्थामा ४ विकेट गुमाउँदै अहिले १०९ रन बनाएको छ ।

नेपालले सुरूवातमै ओपनरहरूलाई सस्तैमा गुमाएको थियो । ओ‌पनर कुशल भुर्तेल ४ ओभर ४ बलमा आउट भए । उनले १९ बलमा १८ रन मात्रै बनाउन सके ।

त्यसैगरि खेलको ६ ओभर ६ बलमा अनिल साह आउट भए । १६ बलको सामना गरेका उनले केबल २ रन बनाउँदै बाहिरिँदा नेपालमाथि दबाब बढेको थियो ।

त्यसपछि भीम सार्की पनि आउट भए । उनी पनि ३८ बलमा ३५ रन बनाउँदै पेभेलियन फर्किएका थिए । क्रिज सम्हालेका कप्तान रोहित पौडेल पनि आउट भएका छन् । उनी २४.३ ओभरमा ३५ रन बनाउँदै आउट हुन पुगे ।

प्रकाशित समय : १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु