global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नागरिकतासम्बन्धी विधेयक संसदीय समितिबाट पारित

नागरिकतासम्बन्धी विधेयक संसदीय समितिबाट पारित

नागरिकतासम्बन्धी विधेयक संसदीय समितिबाट पारित काठमाडौ, २७ जेठः गृहमन्त्री रमेश लेखक मङ्गलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नागरिकता विधेयक सम्बन्धी आफ्नो धारणा राख्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

राज्य व्यवस्था तथा सुशासन समितिले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको विधेयक पारित गरेको छ । सरकारले ल्याएको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक आजको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले पारित गरेको समिति सभापति रामहरि खतिवडाले बताए ।

उनका अनुसार विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था छन् । पहिले नागरिकता लिनका लागि आमा र बाबु अनिवार्य हुन्थ्यो ।

आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ । आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानून नहुँदा नागरिकताविहीनको सङ्ख्या ठूलो रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो ।

यसैबीच सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै विधेयक ल्याउने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले एनआरएन नागरितासम्बन्धी छुट्टै ऐन निर्माण गर्ने र नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था गरिने बताएका हुन ।

प्रकाशित समय : १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु