global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अस्ट्रियाको एक स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु

अस्ट्रियाको एक स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु

अस्ट्रियाको एक स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु

अस्ट्रियाको ग्राज सहरको एक स्कुलमा गोली चल्दा नौ जनाको मृत्यु भएको स्थानीय मिडियाले मंगलबार जनाएको छ ।

गोली हाना हानमा धेरै विद्यार्थी र शिक्षकहरू गम्भीर घाइते भएको स्थानीय मिडियाले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन् । अपराधीले आत्महत्या गरेको अनुमान गरिएको रिपोर्ट समेत मिडियाले गरेका छन् ।

अस्ट्रियाको समाचारपत्र क्रोनेन जाइटुङका अनुसार मंगलबार बिहान दश बजे लेन्ड जिल्लाको स्कुलमा उक्त घटना भएको हो ।

घटना स्थलमा हेलिकप्टर सहित प्रहरी परिचालन गरिएको तथा विद्यालय खाली गरि थप खतरा हुन बाट रोक्ने प्रयास गरिरहेको स्थानीय प्रहरीले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ ।

 

प्रकाशित समय : १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु