गृहपृष्ठ सिंगटी हाइड्रोको ५१ प्रतिशत लगानी रहेको अर्बिट इनर्जीले ५० लाख कित्ता आइपिओ जारी गर्ने
सिंगटी हाइड्रोको ५१ प्रतिशत लगानी रहेको अर्बिट इनर्जीले ५० लाख कित्ता आइपिओ जारी गर्ने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५१ प्रतिशत लगानी रहेको अर्बिट इनर्जी लिमिटेडले ५० करोड रुपैयाँबराबरको ५० लाख कित्ता आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा अर्बिट इनर्जीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ। कम्पनीले शेयर निष्काशन तथा व्यवस्थापनको लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लाई यस अघिनै नियुक्त गरिसकेको छ । कम्पनिले संखुवासभाको सभापोखरीमा २१.५ मेगावार्टको सभा खोला बि र उक्त आयोजनाको क्यासकेड प्रोजेक्ट ६.३ मेगावार्ट क्षमताको सभा खोला सी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यी दुवै आयोजनामा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ५१ प्रतिशत लगानी रहेको कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १२:५४ बजे