global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सूर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्‍याएकामा नेपाल पुरस्कृत

सूर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्‍याएकामा नेपाल पुरस्कृत

सूर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्‍याएकामा नेपाल पुरस्कृत

सूर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पु-याएकाले नेपाललाई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले पुरस्कृत गरेको छ ।

विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५का लागि नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष सम्मान प्राप्त गरेको हो ।

स्वीट्जरल्यान्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य सङ्गठनको ७९औँ सभामा डब्लुएचओका महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले आज उक्त सम्मान नेपाललाई प्रदान गरेका हुन । सो सम्मान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ग्रहण गरेका थिए ।

हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा असाधारण योगदान पु-याउने व्यक्ति तथा संस्थालाई डब्लुएचओले पुरस्कृत गर्ने गरेको छ । यसअघि नेपालले सूर्तीजन्य पदार्थको बट्टाको अग्रभाग र पछाडि शतप्रतिशत चेतावनीजन्य सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था गरिसकेको छ । सो कदमलाई ऐतिहासिक मान्दै नेपाललाई सम्मान गरिएको हो ।

प्रकाशित समय : २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु