global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ चिनियाँ कम्पनी शाओमीले चिप उत्पादनमा थप ७ अर्ब डलर लगानी गर्ने

चिनियाँ कम्पनी शाओमीले चिप उत्पादनमा थप ७ अर्ब डलर लगानी गर्ने

चिनियाँ कम्पनी शाओमीले चिप उत्पादनमा थप ७ अर्ब डलर लगानी गर्ने

चिनियाँ विशाल प्रविधि कम्पनी शाओमीले उच्चस्तरीय स्मार्टफोन चिप विकास गर्न १० वर्षमा ५० अर्ब युआन अर्थात् झन्डै ७ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।

स्मार्टफोनदेखि भ्याकुम क्लिनर र विद्युतीय गाडीसम्मका सामान बिक्री गर्ने शाओमी चीनको सबैभन्दा प्रमुख उपभोक्ता लक्षित विद्युतीय फर्ममध्ये एक हो ।

स्थापनाको १५औं वर्ष मनाउँदै गर्दा संस्थापक लेई जुनले चिप निर्माण शाओमीका लागि अत्याधुनिक प्रविधिमा अन्तर्निहित कामका लागि एउटा नयाँ मार्ग भएको सामाजिक सञ्जालमा लेखेका छन।

शाओमीले सन् २०१७ मा कम्पनीको पहिलो आन्तरिक चिप ‘सर्ज एस १’ को उत्पादन गरेसँगै स्मार्टफोनका लागि सेमिकन्डक्टरमा प्रारम्भिक कदम चालेको थियो तर प्राविधिक र वित्तीय अवरोधका कारण समूहले चिपको उत्पादन रोक्न बाध्य भएको थियो र त्यसपछि यसले अन्य समानका साथै विद्युतीय गाडीमा पुनः ध्यान केन्द्रित गरेको छ ।

चीन र अमेरिका दुवैले सबैभन्दा उन्नत क्षेत्रमा पहुँच सुनिश्चित गर्न खोजिरहेका बेला शाओमीको यो घोषणा आएको हो । धेरै चिनियाँ फर्महरू विदेशी आपूर्तिकर्ताहरूमाथिको निर्भरताबाट आफूलाई मुक्त गर्ने उद्देश्यका साथ चीन आफ्नै चिप विकासका लागि पहल गरिरहेको छ ।

चीनले कम्पनीहरूलाई विदेशी प्रविधिमा निर्भरता घटाउन पनि दबाव दिएको एएएफपीले जनाएको छ । गएको महिना चिनियाँ राष्ट्रपति सी चिनफिङले यस क्षेत्रमा ‘आत्मनिर्भरता’ कायम गर्न आग्रह गरेका छन।

प्रकाशित समय : २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु