गृहपृष्ठ अभ्यास खेलमा नेपालका दुई खेलाडीले हाने शतक
अभ्यास खेलमा नेपालका दुई खेलाडीले हाने शतक

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने सिरिजको तयारीमा बेलायत पुगेको नेपाली टोलीले दोस्रो अभ्यास खेलिरहेको छ । दोस्रो अभ्यास खेलमा नेपालले एमसिसिविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ ।
नेपालका दुई ब्याटरले शतक पूरा गरेका छन् । उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीले शतक पूरा गरेका हुन् । भीम ९० बलमा १०४ रन बनाउँदै रिटायर्ड आउट भए । दीपेन्द्र ६७ बलमा ११० रन बनाएर रिटायर्ड आउट भए ।
४५ ओभरको खेलमा नेपालले ४ विकेट गुमाएर ३३५ रन बनाएको छ । बसिर अहमदले ३७ र अनिलकुमार शाहले २७ रन बनाए । यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले न्यू पोर्ट क्रिकेट क्लबलाई ३ विकेटले हराएको थियो ।
प्रकाशित समय : २०:२८ बजे