global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नेपाल र भारतबीचका सबै समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा नेता जोलीको जोड

नेपाल र भारतबीचका सबै समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा नेता जोलीको जोड

नेपाल र भारतबीचका सबै समस्या वार्ताबाट समाधान गर्नुपर्नेमा नेता जोलीको जोड

भारतीय जनता पार्टीका नेता विजय जोलीले भारत र नेपालबीचका सबै समस्या वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन।

सार्वजनिक नीति तथा साझेदारी प्रतिष्ठानले ‘समसामयिक वैश्विक मामिला तथा नेपाल-भारत सम्बन्ध’ विषयमा आज यहाँ आयोजना गरेको छलफलमा उनले भारत र नेपालले मिलेर आफ्ना सिमानाको रक्षा गरेका तथा आपसमा खासै मनोमालिन्य नरहेको चर्चा गरे। यस्ता केही समस्या भए पनि वार्ताका माध्यमबाट निरुपण गर्न सकिने उनको भनाइ थियो ।

भारतीय सेनाको गोर्खा रेजिमेन्टमार्फत ३२ हजार नेपालीले भारतको रक्षा गरिरहेका बताउँदै नेता जोलीले ‘छिमेक पहिले’ नीतिअन्तर्गत भारत सरकारले नेपालको समृद्धिलाई उच्च प्राथमिकता दिएको छ भने ।

पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले बहुआयामिक नेपाल-भारत सम्बन्ध पारस्परिक हित र चासोमा केन्द्रित गर्न आवश्यक भएको विचार व्यक्त गर्दै यसलाई अझ प्रगाढ एवं सुदृढ बनाउनुपर्ने बताए ।

पूर्वमन्त्री डा मीनेन्द्र रिजालले भारतको स्वतन्त्रता सङ्ग्राममा नेपालीले गरेको योगदानलाई नयाँदिल्लीले बिर्सननहुने भन्दै नेपाल र भारतबीचको अद्वितीय सम्बन्धलाई अझ सघन तुल्याउनुपर्छ भने । उनले दुई देशबीचको सम्बन्ध रोटीबेटी नभइ ऊर्चा र पानीको सम्बन्ध भएको विचार व्यक्त गरे । प्रतिष्ठानका अध्यक्ष अरुणकुमार सुवेदीले नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै देशका जनस्तरका संस्था सक्रिय हुनुपर्नेमा जोड दिए ।

प्रकाशित समय : २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु