global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ भुक्तानी प्रणाली सञ्चालक संस्थाएससीटी र हेल्थी च्वाइस अस्पतालबीच छुट सम्झौता

भुक्तानी प्रणाली सञ्चालक संस्थाएससीटी र हेल्थी च्वाइस अस्पतालबीच छुट सम्झौता

भुक्तानी प्रणाली सञ्चालक संस्थाएससीटी र हेल्थी च्वाइस अस्पतालबीच छुट सम्झौता

भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र हेल्थी च्वाइस एस्थेटिक अस्पतालबीच छुट सम्झौता भएको छ।

एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूलाई हेल्थी च्वाइस एस्थेटिक अस्पतालमा हुने सम्पूर्ण अफरमा थप ५ प्रतिशतसम्मको विशेष छुट दिने सम्झौता भएको हो ।

एससीटी–यूपीआई कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्नुपर्छ ।

ग्राहकहरूले पीओएसमार्फत भुक्तानी गर्दा ब्लड टेस्ट, छाला, कपाल, र दन्त प्रक्रियाहरूमा हुने सम्पूर्ण अफरहरूमा थप ५ प्रतिशत छुट पाउनेछन् भने ओपीडी परामर्श, इम्प्लान्ट, प्लास्टिक सर्जरी, कस्मेटिक गाइनोकोलोजी, सर्जिकल प्याकेज, कपाल प्रत्यारोपण, माईफ्युर, एमएनआरएफ, सोर्पानो हेयर रिमुभल प्याकेज र आउटसोर्स सर्भिसेस र उपकरण शुल्कमा हुने सम्पूर्ण अफरहरूमा थप २.५ प्रतिशत छुट पाउनेछन् ।

एससीटीको हाल सदस्यहरू ५ ‘क’ वर्गका बैंक, ६ ‘ख’ वर्गका बैंक, ११ ‘ग’ वर्गका बैंक र १००+ सहकारी संस्थाहरू छन् ।

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु