गृहपृष्ठ कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता किशोरको शव भेटियो
कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता किशोरको शव भेटियो

म्याग्दीको रघुगंगा गाउँपालिका-३ घुमाउने तालस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि आज फेला पारेको छ।
घुमाउनेतालका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा शनिबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए। गोताखोर टोलीले करिब १५ फिट गहिराइबाट मल्लको शव निकालेको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालले जानकारी दिए।
प्रकाशित समय : १७:४४ बजे