global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ रेशम चाैधरी पक्रन पत्र लेख्ने विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश

रेशम चाैधरी पक्रन पत्र लेख्ने विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश

रेशम चाैधरी पक्रन पत्र लेख्ने विष्टलाई धरौटीमा छाड्न अदालतको आदेश

सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको हो ।

अदालतको आदेशपछि विष्ट धरौटी बुझाएर रिहा हुने प्रक्रियामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

विष्टमाथि सर्वोच्च अदालतको नामबाट अनधिकृतरूपमा पत्र तयार पारी नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीलाई पक्राउ गर्न निर्देशन दिँदै डिल्लीबजार कारागार चलान गर्न भनेको आरोप छ । पत्र बोकेर उनी आफैं जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका थिए ।

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु