गृहपृष्ठ हिमालयन आर्ट क्याम्प २०२५ मा सिर्जित कलाकृतिको प्रदर्शनी पाटनमा हुँदै
हिमालयन आर्ट क्याम्प २०२५ मा सिर्जित कलाकृतिको प्रदर्शनी पाटनमा हुँदै
ई–आट्र्स नेपालको आयोजना तथा ललितपुर चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीको सहकार्यमा ‘हिमालयन आर्ट क्याम्प २०२५’ मा सिर्जित कलाकृतिहरुको प्रदर्शनी उद्घाटन समारोह आयोजना हुने भएको छ ।
उक्त प्रदर्शनीको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आउँदो शनिबारका दिन अपराह्न ४ः०० बजे पाटन संग्रहालय, पाटन दरबार स्क्वायर, ललितपुरमा गर्नेछन् । सृजनशीलता र सांस्कृतिक आदानप्रदानलाई उत्सवका रूपमा मनाउने यस विशिष्ट अवसरमा प्रख्यात नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारहरूले आफ्ना कलात्मक यात्रा र विविध दृष्टिकोणहरू प्रस्तुत गर्नेछन् । प्रदर्शनी जेठ १४ गतेसम्म चल्नेछ ।
ग्यालरी खुल्ने समय दैनिक बिहान ११ः०० बजे देखि साँझ ६ः०० बजेसम्म रहेको छ । कार्यक्रममा नेपाली कलाकारहरु किरण मानन्धर, नविन्द्रमान राजभण्डारी, लोक चित्रकार, सीमा शर्मा शाह, भुवन थापा, समुन्द्रमान सिंह श्रेष्ठ, सुष्मा शाक्य, अनिल शाही, प्रतिमा थकाली, सविता डंगोल र अन्तर्राष्ट्रिय कलाकारहरु कम्बोडिया, क्यानडा, चीन, इन्डोनेसिया, जापान, इटाली, मलेसिया, फिलिपिन्स, रोमानिया, सिंगापुर, दक्षिण कोरिया, थाइल्याण्ड, अमेरिका र भियतनामका कलाकारहरुको सहभागिता रहनेछ ।
प्रकाशित समय : १७:२१ बजे



















