global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बीमा प्राधिकरण अध्यक्ष ओझाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले माग्यो कागजात

बीमा प्राधिकरण अध्यक्ष ओझाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले माग्यो कागजात

बीमा प्राधिकरण अध्यक्ष ओझाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले माग्यो कागजात

सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय र योग्यता तथा अनुभवको प्रमाणपत्र झिकाउन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयकोे संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

लगातार हेर्न नभ्याइने र हेर्न नमिल्दै राखिँदै आएको ओझाविरुद्ध परेको रिट आज न्यायाधीश राउत र पाण्डेयको इजलासमा सुनुवाइ भएको थियो ।

बीमा प्राधिकरणको अध्यक्ष बन्न नक्कली कार्यानुभवको प्रमाणपत्र पेस गरेको भन्दै ओझाविरुद्ध अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते रिट दायर गरेकी थिइन् । अधिवक्ता धमलाको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र बीमा प्राधिकरणलाई पनि विपक्षी बनाइएको छ ।

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु