गृहपृष्ठ विश्व पौडेलविरुद्धको रिटमा दरपीठको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा अर्को निवेदन दर्ता
विश्व पौडेलविरुद्धको रिटमा दरपीठको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा अर्को निवेदन दर्ता

गभर्नरको दौडमा रहेका अर्थविद् विश्व पौडेलविरुद्ध परेको रिटमा भएको दरपीठको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा अर्को निवेदन दर्ता भएको छ।
अधिवक्ता विशाल थापालगायतले दिएको रिटमा रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ हुने आदेश दिएका थिए। तर दरपीठविरुद्ध शुक्रबार नै उनीहरुले दिएको निवेदन आइतबार दर्ता भएको हो । यसको पेसी जेठ ६ गते तोकिएको छ।
अब निवेदन दर्ता भएसँगै इजलासमा सुनुवाइ हुनेछ। त्यसपछि पौडेलविरुद्धको रिट दर्ता हुने वा नहुने टुंगो लाग्नेछ । नेपाली कांग्रेस र एमालेले भावी गभर्नर पौडेललाई बनाउने पछिल्लो सहमति गरेसँगै उनीविरुद्ध सर्वोच्चमा रिट पेस भएको थियो ।
नेपाल राष्ट्र बैंक चैत २४ गतेदेखि गभर्नरविहीन छभने कायममुकायम गभर्नरको जिम्मेवारी डा. नीलम ढुंगानाले पाएकी छिन् ।
प्रकाशित समय : १७:३९ बजे