global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कर्पोरेट महिला बाइक -यालीमा ३५ राइडर, आत्मविश्वास र सशक्तीकरणको सन्देश

कर्पोरेट महिला बाइक -यालीमा ३५ राइडर, आत्मविश्वास र सशक्तीकरणको सन्देश

कर्पोरेट महिला बाइक -यालीमा ३५ राइडर, आत्मविश्वास र सशक्तीकरणको सन्देश

काठमाडौं । एसएन कर्पोरेट समाचार प्रालिको ‘कर्पोरेट समाचार डटकम’ले कर्पोरेट महिला बाइक -याली २०२५ को आयोजना गरेको छ ।

महिलाको साहस, आत्मविश्वास र सशक्तीकरणको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा ३५ जना महिला बाइक राइडरले सहभागिता जनाएका थिए। -याली रोयल इन्फिल्डको सहकार्यमा आयोजना गरिएको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन समारोहमा नेपालकै पहिलो महिला स्कुटर चालक तथा स्वतन्त्रता आन्दोलनकी अग्रणी महिला कमला श्रेष्ठ, नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरी, पूर्वअध्यक्ष कृष्णप्रसाद दुलाल, रोयल इन्फिल्ड नेपालका निर्देशक मेघराज पौड्याल, तथा कर्पोरेट समाचार अनलाइनकी अध्यक्ष संगिता खत्रीको उपस्थिति रहेको थियो।

‘बाइक चलाउनु भनेको केवल सवारीका लागि मात्र होइन, आत्मविश्वास र क्षमताको प्रदर्शन पनि गरिरहेका छन्। नेतृत्व होस् या साहसिक कार्य, महिलाहरु अब कसैभन्दा पछि छैनन् भन्ने यो -यालीले प्रस्ट पारेको छ,’ कार्यक्रममा बोल्दै कमला श्रेष्ठले भनिन् ।

नाडा अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको उल्लेख गर्दै यस्तो कार्यक्रमले अझ प्रोत्साहन मिल्ने बताए। पूर्वअध्यक्ष कृष्णप्रसाद दुलालले यस्ता अभियानले समाजमा सकारात्मक सन्देश दिने बताए। रोयल इन्फिल्डका निर्देशक मेघराज पौड्यालले महिला राइडरहरूको आत्मबल र क्षमताको तारिफ गरे ।

¥याली काठमाडौंबाट सुरू भएर नगरकोटसम्म पुगेको थियो । राइडरहरुको सडक सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राख्दै अल्का अस्पताल जाउलाखेलबाट एम्बुलेन्ससहित मेडिकल साहायता प्रदान गरिएको थियो ।

नगरकोट पुगेका राइडरहरूलाई भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनी धौवाञ्जाले स्वागत गरिन्। समापनमा आयोजक संस्था कर्पोरेट समाचार अनलाइनकी अध्यक्ष संगिता खत्रीले सम्पूर्ण सहभागी तथा सहकार्य गर्ने संस्थालाई धन्यवाद दिइन् ।

प्रकाशित समय : २०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु