global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ समितिबाट अघि बढेको सङ्घीय निजामती विधेयकलाई आत्मसात गर्नुस् : मन्त्री गुप्ता

समितिबाट अघि बढेको सङ्घीय निजामती विधेयकलाई आत्मसात गर्नुस् : मन्त्री गुप्ता

समितिबाट अघि बढेको सङ्घीय निजामती विधेयकलाई आत्मसात गर्नुस् : मन्त्री गुप्ता

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभा राज्यव्यवस्था समितिबाट अघि बढेको सङ्घीय निजामती ऐनसम्बन्धी विधेयकलाई आत्मसात् गर्न आग्रह गरेका थिए ।

नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आज यहाँ आयोजित ‘आगामी बजेट र कर्मचारीका अपेक्षा’ विषयक कार्यक्रममा मन्त्री गुप्ताले लामो समयपछि अथक मेहनतकासाथ अघि बढाइएको विधेयकमा केही कमीकमजोरी भए पनि स्वीकार गर्दै अघि बढ्न निजामती प्रशासन सेवाका कर्मचारीलाई निर्देशन दिए।

मन्त्री गुप्ताले भने, “ऐनलाई कार्यान्वयन गर्दै जाने क्रममा देखिएका समस्यालाई आवश्यकताअनुरुप संशोधन र परिमार्जन गर्दै लगिनेछ । यसले लथालिङ्ग अवस्थामा रहेको निजामती क्षेत्रलाई सही मार्गमा अघि बढाउन योगदान पु-याउनेछ ।”

सङ्गठनका अध्यक्ष भवानी न्यौपाने, वरिष्ठ उपाध्यक्ष रेवन्त गौतम र महासचिव रामचन्द्र गौतमले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा निजामती प्रशासन र सङ्गठनको महत्वपूर्ण योगदान रहेको बताए । आफ्नो माग मुद्दा उठाउने र कार्यान्वयन गराउन दबाब सिर्जना गर्ने सिलसिलामा लोकतन्त्रलाई खतरा नपुगेस् भन्नेमा सङ्गठन सजग र सचेत रहेको उल्लेख गर्दै उनिहरुले बजार मूल्यका आधारमा थोरै सेवा सुविधा भए पनि राज्यकातर्फबाट नागरिकलाई उपलब्ध गराउनुपर्ने सरल र सहज रुपमा उपलब्ध सबै कर्मचारीलाई आग्रह गरे । उनिहरुले निजामती सेवामा रहेका कर्मचारीको आधारभूत तलबमान ४० हजारबाट सुरु गर्नुपर्नेलगायत माग प्रस्तुत गरे।

प्रकाशित समय : १६:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु