global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ गीतकार शिवाकोटीको नयाँ गीत ‘के’ लाई हतार’ सार्वजनिक

गीतकार शिवाकोटीको नयाँ गीत ‘के’ लाई हतार’ सार्वजनिक

गीतकार शिवाकोटीको नयाँ गीत ‘के’ लाई हतार’ सार्वजनिक

गीतकार सुरेश शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक भएको छ।

गायक गोविन्द मधुर आचार्य, सुष्मा बिसी र विन्दु विसीको सामुहिक स्वर रहेको लोक लयको यो गीतमा गोविन्दकै संगीत छ।

निरेन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गीतकार सुरेशसँगै गायक गोविन्दमधुर, मोडलहरु जुना गरूङ्ग, सञ्चिता बोलाखे, गोविन्द विवस,प्रेमराज लामिछाने र सन्देश थापा लगायतको अभिनय देख्न सकिन्छ।

सुरज भुषालको ब्याकग्राउन्ड स्कोर रहेको गीतको भिडियो चक्र बरालले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका छन् । एरेन्ज, मिक्सिङ्ग र मास्टरिङ्ग एचवीएन किस्मतले स्टुडियो वनडिवी एचडीमा गरेका छन् ।

गीत र संगीतमा सधैं रुचि राख्ने शिवाकोटीको यो सांगीतिक कोशेली ‘के लाई हतार’ गोविन्द मधुर आचार्यको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ । टिपिकल शब्द चयन र भाषा छनोटमा पोख्त शिवाकोटीको गीत निकै मार्मिक भएको आँकलन गरिएको छ ।

 

प्रकाशित समय : १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु