गृहपृष्ठ टर्कीमा हुने युक्रेनसँगको वार्तामा पुटिन नजाने
टर्कीमा हुने युक्रेनसँगको वार्तामा पुटिन नजाने

रुसी राष्ट्रपति भ्लादमिर पुटिन टर्कीमा हुने युक्रेनसँगको वार्तामा उपस्थित नहुने भएका छन् । पुटिन आफैले आव्हान गरेको वार्तामा उनी उपस्थित नहुने भएपछि यस वार्ता बारे आशंका उब्जिएको छ । युक्रेन र रुसबीच बिहीबार टर्कीको इस्तानबुलमा शान्ति वार्ता हुने तय भएको छ र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनलाई वार्तामा सामेल हुन आग्रह गरेका छन् ।
क्रेमलिनको विज्ञप्ति अनुसार, रुसी प्रतिनिधिमण्डलको नेतृत्व पुटिनका नजिकका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्नेछन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पहिले नै भनेका थिए, यदि उनी वार्तामा भाग लिन चाहन्छन् भने उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न तयार छन् । उनले पुटिनलाई भेट्न हरसम्भव प्रयास गर्ने पनि बताए ।
मिडिया रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यस बैठकमा उपस्थित हुने छैनन् । यद्यपि, ट्रम्पले पहिले नै संकेत गरेका थिए कि यदि पुटिन उपस्थित भएको भए उनी बैठकमा उपस्थित हुन सक्छन् ।
प्रकाशित समय : ११:०५ बजे