global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने

राष्ट्रियसभाको आजको  बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल प्रारम्भ भएको छ ।

छलफलमा भाग लिँदै सांसद तुलसाकुमारी दाहालले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न सुझाव दिए ।

“बजेट विनियोजनका क्रममा नीति तथा कार्यक्रम तथा सिद्धान्त र प्राथमिकतामा केन्द्रित रहेर बजेट बनाउनुपर्छ र त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ,” उनले भने, “लोकतन्त्रको मूल्य मान्यतामा आधारित भई, समृद्धि नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न समाजवाद उन्मुख आर्थिक, सामाजिक रुपान्तरण गर्न आत्मनिर्भर अर्थतन्त्रका लागि आर्थिक स्रोतको खोजी हुनुपर्छ ।”

यसैगरी, सांसद जगप्रसाद शर्माले विनियोजन विधेयकका नीतिमा निरन्तरता, अर्थतन्त्रमा गतिशीलता र विकासमा तीव्रताको सिद्धान्त लिए पनि प्रक्रियागत रुपमा त्रुटिपूर्ण रहेको टिप्पणी गरे ।

सांसद कृष्णबहादुर रोकायले कर्णली प्रदेशलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । “ कर्णली प्रदेशलाई उपेक्षा नगरी आगामी आवको बजेटमा कर्णलीलाई पर्याप्त रकम विनियोजन होस्,” उनले भने ।

सांसद  बेदुराम भुसालले गरिबीको रेखामुनि रहेका २० प्रतिशत जनतालाई त्यसबाट उठाउनेगरी बजेट बन्नुपर्नेमा जोड दिँदै दिगो विकासका लक्ष्य हासिल  गर्ने ठोस कार्यक्रम विधेयकमा समावेश नभएको बताए ।

प्रकाशित समय : १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु